आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता तथा कार्यकतालाई अध्यक्ष दाहालको निर्देशन

काठमाडाैं | कात्तिक २८, २०८१

आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता तथा कार्यकतालाई अध्यक्ष दाहालको निर्देशन

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । 


आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टी नेतृत्वका सरकारले अघि बढाएका सकारात्मक कामलाई जनतासमक्ष पुर्‍याउन आग्रह गर्नुभयो ।
 
    
“जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “हामी बदलिन चाहन्छौँ, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घरघरमा पुग्नुहोस् ।” 

सरकारमा भएकोमा बेला माओवादीले हरेकपटक रुपान्तरणकारी काम गरेको दाबी गर्दै उहाँले पार्टीले पूरा गर्न नसकेका काम सम्पन्न गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गर्नुभयो ।
 
        
कीर्तिपुर क्षेत्र इतिहासदेखि नै वीरता र विद्रोहको केन्द्र भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “यहाँको इतिहास, वीरता र विद्रोहको सम्मान गर्दै नयाँ समृद्धिको अभियान सञ्चालन गर्न आवश्यक छ । सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा कीर्तिपुरले नयाँ कीर्तिमान कायम गर्ने छ ।”
 
    
इमान्दार, सरल, पारदर्शी एवं भाषा संस्कृतिका संरक्षक तथा कीर्तिपुरका सामाजिक व्यक्तित्वका रुपमा स्थापित प्राडा शिवशरण महर्जनलाई पार्टीले नगरप्रमुखको उम्मेदवार बनाएको अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो । 


विभिन्न जातजातिको सङ्गम बन्दै गएको भए पनि कीर्तिपुरको मूल पहिचान नेवारी समुदाय र नेवाः सभ्यता भएको उल्लेख गर्दै उहाँले त्यसलाई सफल नेतृत्व प्राडा महर्जनले मात्रै गर्न सक्ने बताउनुभयो ।
 
    
“सांस्कृतिक वैभव यहाँको पूँजी र पहिचान हो”, अध्यक्ष दाहालले भन्नुभयो, “त्यसलाई थप स्थापित गर्दै कीर्तिपुरलाई देशभरिकै नमूना सांस्कृतिक नगर बनाउन प्राज्ञिक व्यक्तित्व महर्जनले मात्रै सक्नुहुन्छ भन्ने यहाँका मतदाताले राम्रोसँग बुझ्दै गएका छन्, त्यसैले उहाँलको जीत निश्चित छ ।”
 
    
महर्जनको उम्मेदवारी घोषणा
    
    
माओवादी केन्द्रले कीर्तिपुरको प्रमुखका लागि प्राडा महर्जन, वडा नं १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नं ४ को अध्यक्षका लागि इञ्जिनियर नारायण विष्टलाई अघि सारेको छ । 


उम्मेदवार घोषणा गर्दै माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पार्टीको स्थानीय तहबाट सर्वसम्मतरुपमा आएको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गरेको जानकारी गराउनुभयो ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्